May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

युक्रेन संकट : राष्ट्रसंघ महासभाको विशेष सत्र बुधबार

२०७८ फाल्गुन १७

285

संयुक्त राष्ट्रसंघ : युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्‌कालीन विशेष सत्र’ बोलाएको छ। बुधबार यसबारे विशेष छलफल हुनेछ।​

यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो।​

युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन्।

Advertisement

युक्रेन संकटमा विशेष आपत्‌कालीन सत्र बोलाउनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्‌मा भएको मतदानमा भारत अनुपस्थित रह्यो।

सुरक्षापरिषद्‌ले मुख्य रूपमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूको शान्ति र सुरक्षाको लागि जिम्मेवारी लिन्छ। यसैगरी महासभाले सबै देशहरूका लागि संयुक्त रूपमा नीति निर्माण गर्ने गरेको छ।

यो विषयलाई संयुक्त राष्ट्रसंघीय महासभामा लैजाने निर्णय भएको हो। सन् १९८२ पछि पहिलोपटक सुरक्षापरिषद्‌ले विशेष आपत्‌कालीन सत्रका लागि महासभामा मुद्दा पठाएको हो।

युक्रेन संकट अब महासभाको आपत्‌कालीन विशेष सत्रमा छलफल हुनेछ। स्मरणीय छ‚ सन् १९५० देखि हालसम्म महासभाका १० वटा मात्रै विशेष सत्र बोलाइएको छ।