November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युक्रेनको राजधानी किभमा भीषण युद्ध

२०७८ फाल्गुन १४

3.3K

एजेन्सी । रुसले युक्रेनको राजधानी किभ कब्जा गर्न खोजेको छ । युक्रेनमाथी हमला गरेको तेस्रो दिनमै रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको हो ।

राजधानी किभ घेरा हालेसँगै किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । रुसले सैन्य अखडाहरुमा मात्र हमला गरेको भनिएपनि सर्वसाधारण बस्ने भवनहरुमा समेत मिसाइल हानेको छ ।

युक्रेन सरकारले दशौं हजार हतियार सर्वसाधारणलाई बाँडेको छ । किभका जनतालाई रुसी सेनाविरुद्ध लड्न आव्हान गरेको छ । जसका कारण सडकमा भिषण लडाईं चलेको छ ।

Advertisement

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आत्मसमर्पण नगर्ने र देशको रक्षाका लागि लड्ने दृढता व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनका नागरिकलाई युद्धको ढाल नबनाउन चेतावनी दिएका छन् । उनले युक्रेनी सैनिकलाई सत्ता लिन भनिरहेका छन् ।