काठमाडौं । युक्रेनमा रहेका सबै नेपालीहरु सकुशल रहेको जनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाएको हो ।
विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ ।
एनआरएनएले युक्रेनमा सम्पर्कका लागि राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ल सम्पर्क नम्बर +३८०९३४३४७७०० र नेपालस्थित सङ्घको सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।