November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुम्बई ब्लास्टका फरार मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ

2.2K

काठमाडौं । सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका हुन् ।

दाउद इब्राहिमको निकट सहयोगी मानिने उनी मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार रहको जनाइएको छ । उनलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।

पाकिस्तान र यूएईमा बस्दै आएका अबु बकरलाई सन् १९९७ मा पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Advertisement

अबु बक्रकाे पूरा नाम अबु बक्र अब्दुल गफुर शेख हो । उनको नाम तस्करी मुद्दामा मोहम्मद र मुस्तफा दोसासँग पनि जोडिएको छ। दुवै दाउद इब्राहिमका विशेष थिए ।

मुम्बईमा भएको विष्फोटमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै ७ सय १३ जना घाइते भएका थिए ।