November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु

2.7K

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो । 

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ । बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन । 

तर एक विज्ञप्तिमा कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तरको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो । 

Advertisement