November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्रोहीको हमलामा १० पाकिस्तानी सैनिकको मृत्यु

3.4K

काठमाडौं : पाकिस्तानमा भएको आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गएको छ। ​

बलोचिस्तान प्रान्तको केच जिल्लाको एक चौकीमा आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गुमाएको पाकिस्तानी सेनाले जनाएकाे छ। सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले  घटनाबारे विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो। 

​बिहीबार राति आतंकवादीहरूले अचानक हमला गरेको र एक आतंकवादी पनि मारिएको सेनाले उल्लेख गरेको छ।   घटनाको अहिलेसम्म कुनै पनि विद्रोही वा आतंकवादी समूहले जिम्मेवारी लिएको छैन्। 

Advertisement

इरान र अफगानिस्तानको सीमा जोडिएको बलोचिस्तान  लामो समयदेखि चलिरहेको हिंसात्मक विद्रोहको केन्द्र हो।