April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

भारतमा पाकिस्तानद्वारा सञ्चालित ३५ युट्युब च्यानल प्रतिबन्ध

1.9K

काठमाडौं । भारतले पाकिस्तानद्वारा सञ्चालित ३५ युट्युब च्यानल प्रतिबन्ध गरेको छ । भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको हो ।

ती च्यानलहरुले भारत विरोधी प्रोपागान्डा चलाइरहेको सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले मिडियालाई मानिससम्म सन्देश पुर्याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जानकारी दिन पनि आग्रह गरे ।

Advertisement