April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

विदेशी हस्तक्षेप रोक्न अमेरिकामा विशेष अधिकारी नियुक्त

2K

वासिङटन : अमेरिकाले रूस, चीन र अन्य विरोधीबाट चुनावमा हुने हस्तक्षेप र दुष्प्रचारबाट बच्न गुप्तचर विभागहरूलाई समन्वय गर्न केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए)का अधिकारीलाई नियुक्त गरेको छ।

नेशनल इन्टेलिजेन्सकी निर्देशक एभरिल हेन्सकी प्रवक्ता निकोल डि हायले भनिन्‚ ‘हेन्सले जेफ्री विचम्यानलाई चुनावी खतराको सामना गर्न कार्यकारी नियुक्त गरेकी छन्।’

विचम्यानले गुप्तचर र साइबर सुरक्षामा प्रमुख भूमिका खेल्दै सिआइएमा ३० वर्ष काम गरेको उनले बताइन्। 

Advertisement

यो नियुक्ति अमेरिकी लोकतन्त्रमा विदेशी हस्तक्षेप रोक्न नयाँ गुप्तचर केन्द्र स्थापना गर्ने प्रयास अवरुद्ध भएका वेला भएको हो।

विशेषज्ञ र गुप्तचर अधिकारीहरू प्रस्तावित विदेशीको कुत्सित प्रचार प्रभाव रोक्न ‘फरेन मलाइन इन्फ्लुएन्स सेन्टर’आवश्यक रहेको बताउँदै आएका थिए।

गुप्तचर निकाय र संसद् यसको आकार र बजेटमा अझै टुंगोमा पुगेका छैनन्।

यसअघि कार्यकारी रहेकी शेल्बीले सन् २०२० को चुनावमा रूसले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा हस्तक्षेप गर्ने प्रयासका बारेमा सांसदहरूलाई जानकारी दिएकी थिइन्। उक्त घटनासँगै पियर्सन चर्चामा आएकी थिइन्।

उनको यो भनाइसँगै ट्रम्प आक्रोशित भएका थिए। उनले तत्कालीन नेशनल इन्टेलिजेन्सकी निर्देशक शेल्बीको आलोचना गरेका थिए र पछि पदबाटै बर्खास्त गरेका थिए।

यसले अमेरिकामा दुष्प्रचार गर्ने अभियानलाई प्रभावित गर्ने विदेशी प्रयासमा निगरानी गर्नेछ।

नेशनल इन्टेलिजेन्सका निर्देशक कार्यालयका प्रवक्ताले उक्त केन्द्रले दुर्भावनापूर्ण प्रभाव सम्बन्धित खुफिया समन्वय र एकीकृत गर्ने, चुनौती बुझ्न र निगरानी गर्न काम गर्नेछ।

रूसले सन् २०१६ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनलाई बदनाम गरेको अमेरिकाको आरोप छ।

साथै यसबाट हिलारीका प्रतिस्पर्धी डोनल्ड ट्रम्पलाई राष्ट्रपतिको चुनाव जित्न सहज भएको दाबी गरिएको छ।

अमेरिकी गुप्तचर अधिकारीहरूको भनाइअनुसार रूसले सन् २०१८ मा अमेरिकी मध्यावधि चुनाव र सन् २०२० को राष्ट्रपतीय चुनावलाई पनि निशाना बनाएको थियो।

अमेरिकी गुप्तचर अधिकारीले नयाँ केन्द्र स्थापनाले अमेरिकाभित्र द्वन्द्व बढाउने र दुष्प्रचार फैलाउने विदेशी प्रयास रोक्न मात्रै छैन।

अमेरिका लक्षित विदेशी दुष्प्रचार बढिरहेका वेला र नयाँ नयाँ प्रविधिले त्यसलाई झनै बढाउने सम्भावना रहेको भन्दै ती रोक्न पनि यो केन्द्रले काम गर्ने आशा व्यक्त गरेका छन्। 

बढ्दो प्रविधिका साथ अमेरिकी जीवनका सबै क्षेत्रमा प्रविधिको प्रसार प्रसारका साथै अपूर्व चुनौतीको सामना गर्नुपर्ने जनाइएको छ। अमेरिकी प्रजातन्त्रका लागि विदेशी घातक प्रभावबाट बचाउनुपर्ने बताइएको छ।

नेशनल इन्टेलिजेन्सकी काउन्सिलले भनेको छ‚ ‘दीर्घकालीन खतराको पूर्वानुमानमा अगामी दशकमा निर्मित वा सिन्थेटिक मिडियाले सत्य एवं वास्तविकतालाई विकृत गर्न सक्छ। वर्तमानमा देखिएका दुष्प्रचारले समाजलाई अस्थिर गराउन सक्छ।’

नेशनल इन्टेलिजेन्सकी निर्देशक हेन्सले जनवरीको शुरुवातमा सिनेटमा विदेशी प्रभाव सञ्चालनसँग जुध्नु गुप्तचर विभागका लागि महत्त्वपूर्ण मुद्दा भएको बताएकी थिइन्।

गत वर्षको गुप्तचर प्राधिकरण ऐनले गुप्तचर विभागलाई रूस, इरान, उत्तर कोरिया र चीन जस्ता देशको चाहनामा हुने शत्रुतापूर्ण विदेशी प्रभाव अभियान रोक्न गोप्य जानकारीको समन्वयका साथ विशेष निकाय स्थापना गर्नुपर्ने बताइएको थियो।