November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यौन दुर्ब्यवहारसम्बन्धी मुद्दा खेपिरहेका बेलायती राजकुमार आन्ड्रयूको शाही जिम्मेवारी खोसियो

2.6K

लण्डन । बेलायती राजकुमार आन्ड्रयूको शाही जिम्मेवारी खोसिएको छ । बेलायती राजप्रासादले विहीबार अपराह्न उनको जिम्मेवारी खोसिएको पुष्टी गरेको छ ।

अमेरिकी अदालतमा यौन दुर्ब्यवहारसम्बन्धी मुद्दा खेपिरहेका राजकुमार आन्ड्रयूले सम्हालिरहेको शाही जिम्मेवारी राजपरिवारका अन्य सदस्यहरुलाई बाँडिने भएको छ । उनले नागरिकको हैसियतले उनीविरुद्ध लगाइएको मुद्दाको सामना गर्ने बताइएको छ ।

राजकुमार आन्ड्रयूले राजपरिवारका सदस्यका रुपमा अब कुनै पनि समारोहमा भाग लिन पाउने छैनन् भने बेलायती सेनामा उनले पाएको ओहोदा पनि हटाइएको छ ।

Advertisement

‘ड्यूक अफ योर्क’को उपाधि पाएका राजकुमार आन्ड्रयूले आफ्ना सबै कार्यभार महारानीसमक्ष फिर्ता गरेको जनाइएको छ ।

बेलायती महारानीका माहिला छोरा राजकुमार आन्ड्रयूमाथि एक किशोरीले आफूमाथि यौन दुर्ब्यवहार गरिएको भनी अमेरिकामा मुद्दा दायर गरेकी छिन् । तर राजकुमार आन्ड्रयूले सो आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले सो मुद्दालाई निस्प्रभावी बनाउन दिएको निवेदन बुधबार मात्र खारेज भएको थियो ।