लन्डन । बेलायतका शीर्ष नेताहरूले प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै नेताहरुले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् ।
प्रधानमन्त्री जोनसनले सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् । तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधानमन्त्रीमाथि अविश्वास दर्ता गर्नका लागि पत्र लेख्ने पनि बताए । ‘उनी प्रधानमन्त्री हुन्, उनको सरकारले यी नियमहरू लागू गरेका हुन्, यसका लागि उनी जिम्मेवार छन्,’ उनले भने ।
प्रधानमन्त्री जोनसनले मार्च २०२० बाट लकडाउनलाई खुकुलो बनाउन सुरु गरेका थिए । त्यतिबेला जायग काममा मात्र घरबाहिर निस्कन नपाउनेजस्ता नियम लागू गरिएको थियो । तर, १५ मे २०२० को तस्बिरमा जोनसन आफ्ना स्टाफसँग डाउनिङ स्ट्रिटको बगैँचामा वाइनको बोतलसँग देखिएका थिए ।
त्यस्तै, २० मे २०२० मा नम्बर १० गार्डेनमा १०० जना मानिसलाई ड्रिंक्स पार्टीका लागि निमन्त्रणा गरिएको थियो । प्रत्यक्षदर्शीले उक्त पार्टीमा प्रधानमन्त्री र उनको पत्नीसहित ३० जना सहभागी भएका थिए ।