November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतीय प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक

2.4K

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले बोलाएको आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुनेछन् ।

बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ । संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ ।

Advertisement

यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए । दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए ।