काठमाडौं : अमेरिकाले गर्भपतन सम्बन्धी नीति खुकुलो बनाएको छ।
माइफप्रिस्टोन नामक औषधिको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै अमेरिकामा गर्भपतन सहज हुने भएको हो। नयाँ नियम अनुसार गर्भवतीले १० महिनासम्मको गर्भ पतन गराएर ई–मेल मार्फत जानकारी गराई सेवा लिन सक्ने रोयटर्सले जनाएकाे छ।
सन् १९७३ को गर्भपतनको अधिकार सम्बन्धी कानून लागू गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले सो व्यवस्था गरेको हो।
खाद्य तथा औषधि प्रशासनको निर्णयको स्वागत गर्दै एक जना वरिष्ठ कानूनविद्ले गर्भ तुहिने समस्या भएका महिलालाई सहज हुने बताएका छन्।
अमेरिकाले सो औषधि प्रयोगमा सन् २००० देखि प्रतिबन्ध लगाइएकामा कोरोना भाइरसको संक्रमणको जोखिमका कारण अस्थायी रुपमा खुला गरिएको थियो।