एजेन्सी । हाइटीमा तेल ट्याङ्करमा विस्फोट हुँदा ४० भन्दा बढीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।
हाइटीका प्रधानमन्त्री एरियल हेनरीले मंगलबार क्याप-हाइटियन सहरमा विष्फोट भएको जानकारी दिएका छन्। यो घटनाबाट आफू निकै दुःखी भएको बताए।
उनले ट्विटमा यो घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
घटनाको थप विवरण प्रहरीले तत्काल दिएको छैन। ल नोभलिस्ट अखबारले दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएको जनाएको छ र अस्पतालमा अत्यावश्यक सामग्रीको अभाव रहेको छ।
‘हामीले धेरै समस्याको सामना गरिरहेका छौं’, डा. काहिलटुरेनले भने।