November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका पूर्वप्रमुख विपिनको मृत्यु, प्रधानमन्त्री मोदीद्धारा समवेदना व्यक्त

3.3K

काठमाडौं । भारतमा हेलिकप्टर दुर्घटना हुँदा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको निधन भएको छ । भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो ।

दुर्घटना परि विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानसहित १३ जनाको मृत्यु भएको छ ।

भारतीय वायुसेनाले ट्वीट गर्दै रावतको निधनको आधिकारिक जानकारी दिएको छ । उनी सहित दुर्घटनामा परेका जीवित ३ जना घाइतेहरुको उद्धार गरि अस्पताल पु¥याएकामा २ जनाको निधन भइ एकजना जीवित रहेको भन्ने गरिएको थियो त र जीवित को थियो भन्ने खुलाइएको थिएन ।

Advertisement

उक्त हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो।

हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको थियो । उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिएको थियो ।

रावतको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मलाई अत्यन्तै दुःख लागेको छ । त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौं । उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए । दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु ।’

त्यसैगरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्मा सम्बोधन गर्ने भएका छन् ।

हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको पनि सेनाले जानकारी दिएको छ ।