December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

विश्वकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा

२०७८ कार्तिक २३

510

क्यानडा । विश्वकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा गरिएको छ । अमेरिकी अखबार ‘दी हिल’ का अनुसार क्यानडाका चिकित्सकले एक क्यानडेली वृद्धामा स्वासप्रश्वासको समस्या देखिएको भन्दै उनी नै पहिलो जलवायु परिवर्तनको बिरामी भएको घोषणा गरेका हुन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि ती ७० वर्षीया वृद्धा महिला अस्पताल भर्ना भएकी थिइन् । उनको उपचार खटिएका चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेपछि रिपोर्टमा जलवायु परिवर्तनबाट पीडित संसारको पहिलो बिरामी भनेर उल्लेख गरेका छन् ।

तातो हावा र खराब वायु गुणस्तका कारण ती महिलामा स्वासप्रश्वासको समस्या देखिएको उपचारमा खटिएका चिकित्सकले रिपोर्ट बुझाएका छन् । यद्यपि, ती महिलाको नाम भने गोप्य नै राखिएको छ ।

Advertisement