November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काबुलको अस्पताल गेटमा विष्फोट, २० जनाको मृत्यु

२०७८ कार्तिक १७

1.9K

काठमाडौं : स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएका छन्।

अस्पतालका कर्मचारी र बिरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प्रवक्ता जबिवुल्लाह मुजाहिदले जानकारी दिएका छन्।

तालिवानले सत्ता कब्जा गरेपछिको यो सबैभन्दा लज्जास्पद घटना भएको बताइएको छ। घटनामा पाँच जना आक्रमणकारी पनि मारिएका छन्।

Advertisement

तालिवान गार्डहरुले आक्रमणकारीलाई अस्पतालमा प्रवेश गर्नबाट रोकेकाले अस्पतालभित्र हताहतीको घटना नभएको बताइएको छ। आइएसले ४ सय शैयाको सो अस्पतालका मेडिकल कर्मचारी र विरामीलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ।