November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतको राज्य उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

२०७८ कार्तिक १४

2.8K

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार बिहान देहरादुनस्थित चकराता–त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

बिबिसी हिन्दीका अनुसार बोलेरो गाडीमा १५ जना सवार थिए । जसमध्ये दुई जनाको उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार चकराताको बायला गाउँबाट विकास नगर जाँदै गरेका गाडी गाउँबाट हिँडेको केही समयमै अनियन्त्रित भई सडकबाट खसेको थियो ।

Advertisement

जिल्ला अधिकारी आर राजेश कुमारले ओभरलोड भएकाले दुर्घटना भएको बताए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन् ।