शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । उनी करिब चार हप्तापछि छुट्न लागेका हुन् ।
२३ वर्षीय आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।
शाहरुख खानका बडिगार्ड रवि आर्यनलाई लिन जेलको गेटसम्म पुगेका छन् ।
भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आर्यनको रिहाईको प्रक्रिया समाप्त भइसकेको छ । आर्यनका साथै अन्य मानिसहरुको पनि रिहाईको प्रक्रिया पनि समाप्त भइसकेको छ । कागजी कारवाही पूरा भइसकेको छ ।