November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकियो

२०७८ कार्तिक ११

2.1K

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । बुधबार राति घरेलु मैदान सान्टियागोमा भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलमा करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो ।

बराबरीसँग रियल १० खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ भने ओसासुना भने १९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

Advertisement

गएराति नै भएको अर्को खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे । खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

अन्य खेलमा १० खेलाडीमा सीमित मालोर्का र सेभियाले १–१को बराबरी तथा रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो।