November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अफगानिस्तानमा भोकमरीका कारण आठ बालबालिकाको मृत्यु

2.7K

अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण एकै परिवारका आठ बालबालिकाको मृत्यु भएको छ । राजधानी काबुलमा खान नपाएर एकै परिबारका आठ दाजुभाइको मृत्यु भएको स्थानीय पादरी मोहम्मद अली बामीयानीले जानाकारी दिए ।

उनीहरुका बाबुको केही महिनाअगाडि क्यान्सरबाट मृत्यु भएको थियो भने आमाको ह्दयघातका कारण हालै निधन भएको थियो । अभिभावक नभएपछि केही खान नपाएर उनीहरुको मृत्यु भएको जनाइएको छ । ‘उनीहरु भोकका कारण थला परेका,’ एक स्थानीयले भने ।

भोक टार्न साहुसँग लिएको पैसा तिर्न नसकेपछि आफ्नो एक सन्तान दिएको एक महिलाले बताएकी छिन् । भोकमरीका कारण ती महिलाले सन्तान नै बेच्ने कठोर निर्णयमा पुगेकी थिइन् ।

Advertisement

राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट गहिरिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।