जापानको शाही परिवारकी राजकुमारी माकोले कलेजका आफ्ना प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही दर्जा छोडिदिएकी छिन् । यदि शाही परिवारको कुनै सदस्यले सर्वसाधारण व्यक्तिसँग विवाह गरेमा शाही दर्जा त्याग्नुपर्ने जापानको राजघरानाको नियमानुसार उनले शाही दर्जा छोडिदिएकी हुन् ।
२५ वर्षकी राजकुमारी माको सम्राट अकिहितोकी नातिनी हुन् । २५ वर्षका केई एक कानूनी क्षेत्रका कर्मचारी हुन् । राजकुमारी माको र केई कोमुरो सन् २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेटेका थिए । यी दुई त्यहाँ सँगै पढ्दथे । जापानमा पर्यटनलाई प्रोत्साहन दिनका लागि केईले एकपटक ‘प्रिन्स अफ सी’ को रुपमा पनि काम गरेका थिए ।

जापानका राजकुमारी वा राजकुमारले सामान्य नागरिकसँग विवाह गरेका उनीहरुलाई लगभग १४० मिलियन येन हर्जना दिने गरिन्छ । तर माकोले उक्त हर्जना पनि लिन अस्वीकार गरेकी छन् । दोस्रो विश्वयुद्धपछि हर्जना नलिने उनी पहिलो राजकुमारी हुन् ।
मंगलबार (आज) बिहान राजकुमारी माकोले दरबार छोडेकी छन् । उनले राजदरबार छोड्नुअघि शीर निहुर्याएर पिता तथा जापानका राजा आकिसिनो र आमा किको बिदा मागेकी छन् । उनले आफ्नो बहिनी काकोसँग अंगालो मारेर बिदा मागिन् ।
