November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देशको सीमा सुरक्षा बढाउन चीनले ल्यायो नयाँ कानुन

2.4K

चीनले आफ्नो देशको सीमा सुरक्षा बढाउन नयाँ कानुन ल्याएको छ । हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो ।

विगत एक बर्षदेखि भारतसँग सीमा विवाद रहेको छ भने चीनले ल्याएको नयाँ कानून १ जनवरी २०२२ देखि लागू हुने सरकारी समाचार संस्था सिन्ह्वाले रिपोर्ट गरेको छ ।

चीनको नेपालसहित विभिन्न १४ मुलुकसँग जमीनमा झन्डै २२ हजार किलोमिटर सीमा जोडिएको छ । अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि सीमा जोडिएको पश्चिमी प्रान्त सिन्जियाङमा पर्न सक्ने प्रभाव र म्यानमार तथा भियतनामबाट आउने आप्रवासीले फैलाउन सक्ने कोभिड–१९ को संक्रमणलाई पनि ध्यानमा राखेर चीनले नयाँ कानुन ल्याएको बताइएको छ ।

Advertisement

अहिले चिनियाँ जनमुक्ति सेना र पिपुल्स आर्म्ड पुलिस फोर्स चीनको सीमा सुरक्षामा खटिँदै आएका छन् ।