June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

अवैध बाटो हुँदै अमेरिका छिर्न लागेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा समातिए

2.8K

एजेन्सी । ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीहरुलाई सडकछेउको कन्टेनरबाट उद्वार गरेको छ । जहाँ केही नेपाली नागरिक पनि भएको बीबीसीले जनाएको छ ।

ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए। ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि यहाँको प्रहरीले उद्वार गरेको जनाएको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटवमै छाडिदिएका थिए ।

उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ । तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ । ग्वाटेमालाको आप्रवासन प्राधिकरणका प्रवक्ता अलेजान्ड्रा मेनाका अनुसार उनीहरु होन्डुरसबाट अमेरिकाको जोखिमयुक्त र गैरकानूनी बाटोको यात्रा गर्दै थिए । तर उनीहरुलाई अब होन्डुरस सिमानामा नै फिर्ता गरी अधिकारीहरुको जिम्मा लगाइनेछ ।