May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

बेलायतमा इन्धनको आपूर्तिमा अभाव, नेपाली व्यावसायी तथा गाडीवाहकहरू प्रभावित

1.2K

लन्डन । बेलायतमा इन्धनको आपूर्तिमा अभाव भएको छ । लरी चालकको अभावका कारण पम्पहरूमा ईन्धन सकिएकोले इन्धन आपूर्तिमा अभाव सिर्जना भएको हो । इन्धन अभावका कारण जताततै पेट्रोल स्टेशनहरुमा गाडीको ‘क्यू’ देखिन्छ भने इसो र बिपीले आफ्ना साइटहरूमा इन्धन अभाव भएको जनाएका छन् ।

मागअनुसारको तेल उपलब्ध गराउन नसक्दा पेट्रोल पम्पहरुले सेवा बन्द गरेका छन् भने खाद्यान्न ओसारपसार हुन नसक्दा सुपरमार्केटहरू खाली भएका छन् । सब्जी पसल रित्तिन लागेका छन् । त्यस्तै उपलब्ध वस्तुको मूल्य बढेकोले मानिसहरू आक्रोशित हुन थालेका छन् ।

पेट्रोल ढुवानी गर्न समस्या हुँदा बेलायतका अधिकाशं पम्पहरुले सेवा दिनै बन्द गरेको र सिमित रुपमा खोलिएक पेट्रोल पम्पमा पेट्रोल किन्न लाम लागेका छन् । तर सरकारले भने पेट्रोलको अभाव नरहेको बताउदै सर्वसाधारणहरूलाई नआत्तिन आग्रह गरेको छ । सरकारले केही समयमै चालकहरुको अभावको समस्या समाधान हुने भन्दै नआत्तिन भनेको हो ।

Advertisement

लामो लाइन र तेल अभाव भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ ।

बीबीसीका अनुसार यूकेका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै उक्त कदमलाई समझदारी र सावधानीको कदमका रूपमा व्याख्या गरेका छन् ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् ।

मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् ।

सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । ब्रेक्जिट, कोभिड, ज्यालाको तह र जेष्ठ जनशक्तिजस्ता कारणले लरी चालकहरूको सङ्कट निम्त्याएको छ ।

ब्रिटेन युरोपेली सङ्घ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएका थिए । थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएका थिए ।

बेलायती व्यापार मन्त्री ग्रेग ह्यम्ड्सले एक प्रतिशत भन्दा कम पेट्रोल स्टेशन बन्द भएका र पेट्रोल सहजै उपलब्ध हुने बताएका छन् । सरकारले जनतालाई इन्धन खरिदका लागि नआत्तिन आग्रह गरेको छ ।

यो अभाव समाधानका लागि सरकारले विदेशी लरी चालक आउन सहज हुने गरी अस्थायी भिजा इस्किम ल्याउने तयारी गरेको बीबीसीले जनाएको छ ।

अहिले ५ हजार अस्थायी भिजा जारी गर्ने तयारी छ र बेलायत प्रवेश गर्न यस्तो स्किम सिमित समयका लागि हुने बताइएको छ । पेट्रोल अभाव भएको कारण नेपाली व्यावसायी तथा गाडीवाहकहरु प्रभावित भएका छन् ।