July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

चिनियाँ विदेशमन्त्रीको सन्देश: नेपालसँग मिलेर काम गर्न इच्छुक छौं

2K

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउँदै उनले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान इच्छुक रहेको प्रतिक्रिया दिएका हुन् ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीटमार्फत् यसबारे जानकारी दिएकी छन्। यान्छीले लेखेकी छन्, ‘चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउनुभएको छ । र चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि अमेरिकामा छन् । उनी गत साता परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए।

Advertisement