June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

महिला अधिकारकर्मी कमला भासिनको निधन

2.9K

काठमाडौ । महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो ।

सन् १९४६ अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनका पिता डाक्टर थिए । ६ सन्तानमध्ये उनी चौथो थिइन् । उनले संगत नामक महिलाहरुको सञ्जालमा गरेको कामका लागि चिनिन्छन् । उनको कविता ‘क्यूँ कि मे लड्की हुँ, मुझे पढ्ना हे’ निकै चर्चित रहेको छ ।

उनले ३५ वर्षभन्दा बढी विकास, शिक्षा, लिङ्ग, मिडिया र अन्य क्षेत्रका मुद्दाहरूको बारेमा काम गरिन् । सन् १९७२ मा उनले राजस्थानमा एउटा संस्था स्थापना गरेर त्यहाँका गरिबहरूको सशक्तीकरणमा काम गरिन् । सन् १९७६ देखि २००१ सम्म उनले संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) मा काम गरिन् ।

Advertisement

सन् २००२ मा उनले संयुक्त राष्ट्रबाट राजीनामा दिएर उनले संगतको सुरुवात गरिन् । उनी यसको संस्थापक सदस्य र सल्लाहकार रहेकी थिइन् ।