लन्डन । अज्ञात व्यक्तिद्धारा हत्या गरिएका शिक्षक सबिना नेसाको विभद्स हत्याको अनुसन्धामा गर्न सघाउन जनतासँग प्रहरीले अपिल गरेको छ ।
लन्डन महानगरीय प्रहरीका अनुसार शिक्षक सबिना नेसाको शव हत्या भएको केहि समयसम्म भेटिएकोे थिएन । २८ वर्षीया किशोरी शनिबार दक्षिण पूर्वी लन्डनको किडब्रुकमा रहेको उनको घर नजिकैको क्याटर पार्कमा मृत भेटिएकी थिइन् ।
डिटेक्टिभ सुपरिटेन्डेन्ट ल्यूक मार्क्सका अनुसार मुख्य बाटोमा नभएको कारण उनको शव खोज्न केहि ढिलाई भएको थियो । लन्डन प्रहरी बलको न्यू स्कटल्याण्ड यार्ड मुख्यालयबाट बोल्दै उनले भने, “उनको आक्रमण भइसकेपछि एकजना व्यक्तिले बिहान उनको शव फेला पारेका थिए ” “मुख्य पैदल मार्गमा नभएकोले सबिनालाई भेट्टाउन ढिलाई भएको हो”, उनले थपे ।
मेट प्रहरीका अनुसार उनको मृत्युबाट प्रहरी बल डराएको छ, किनकि उनको मृत्युले मंगलबार एक नयाँ सार्वजनिक अपील शुरू गरेको छ ।
डेप्युटी सुपरिटेन्डेन सुप्ट मार्क्सले भने, “हामी सबिना नेसाको विभद्स हत्याबाट चिन्तित छौं ।” त्यसैगरी आफ्ना अधिकारीहरू उक्त हत्याको जिम्मेवार व्यक्तिलाई खोज्नका लागि चौबीसै घण्टा काम गरिरहेको पनि बताए । साथै अनुसन्धानका लागि सहयोग गर्न स्थानीय जनतासँग अपिल गरेका छन् ।
नेसा गत शुक्रबार राती ८ः३० बजे पार्क बाट हिँड्दै गर्दा मारिएकी थिइन् भन्ने लन्डन प्रहरी फोर्सको विश्वास रहेको छ ।