July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, दुई पाइलटको मृत्यु

2.3K

काठमाडौ । भारतको जम्मू कश्मीरको उधमपुरको पाटनीटप नजिकै मंगलबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ ।

सेनाका एक प्रवक्ताका अनुसार दुर्घटनामा घाइते भएका पाइलटहरुलाई बाहिर निकालेर उपचार केन्द्रमा लगिएको थियो । मृतकमध्ये एक कप्तान र एक मेजर थिए ।

बीबीसीका अनुसार भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

Advertisement

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घाइते पाइलटलाई दुर्घटनाग्रस्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याएका थिए । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताइन्छ । यद्यपि, अहिलेसम्म यसको आधिकारिक पुष्टि भने भएको छैन ।