September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

अस्पतालमा बाढी पस्दा १७ विरामीको मृत्यु

315

एजेन्सी । अविरल वर्षापछि आएको बाढी पस्दा मेक्सिकोको एक अस्पतालमा १७ जना विरामीको मृत्यु भएको छ ।

मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बाढी पसेपछि अस्पताल भत्किंदा त्यहाँ उपचाररत १७ बिरामीको मृत्यु भएको हो ।

Advertisement

अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् ।

यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अविरल बर्षा जारी रहेकाले सबैलाई सुरक्षित रहन अपील गरेका छन् ।

बाढीका कारण ३० हजार मानिस प्रभावित भएका छन भने मेक्सिकोको उपनगरमा दुुइ जनाको मृत्यु भएको छ ।

बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको बिबिसीले जनाएको छ ।