September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

आँधी र बाढीका कारण अमेरिकाको न्यू योर्क र न्यू जर्सीमा ९ जनाको मृत्यु

375

काठमाडौं– संयुक्त राज्य अमेरिकाको न्यू योर्क र न्यू जर्सीमा बुधबार आएको आँधी र त्यसपछिको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरै व्यक्ति बाढीमा फसेका छन्। न्यू योर्क र न्यू जर्सीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्।

Advertisement

बुधबार साँझ आँधी पछि वर्षा भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार न्यू योर्कका केही क्षेत्रमा मात्र १ घण्टाको अवधिमा ३ इन्चको वर्षा भएको थियो।

न्यू योर्क शहरका मेयर बिल दे ब्लासियोले बुधबार आँधीपछि भएको वर्षालाई ‘ऐतिहासिक मौसमी घटना’ भनेका छन्।