September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

अफगानिस्तनाबाट हालसम्म स्वदेश फर्किए ८२८ नेपाली

465

काठमाडौं– अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जना फर्किएका थिए।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ।

Advertisement

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएसन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।