April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

भारी बर्षासँगै चीनमा भीषण बाढी, १० औं हजारलाई सुरक्षित स्थानमा सारियो

3.2K

काठमाडौं – मुसलधारे वर्षापछि मध्य चीनका कैयांँ स्थानमा ठूलो बाढी आएको छ । बाढीको कारण केहीको ज्यान गुमाएका छन् भने कयौं घाइते भएका छन् ।

बाढीका कारण हजारौं घर, रेल स्टेशन र सडक डुबानमा परेका छन् । बाढीका कारण हजारौं मानिस विस्थापित भएका बिबिसीले जनाएको छ । बाढीमा फसेका ख्ननान प्रान्तका मात्रै १० हजार भन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीले बगाउँदा जङ्जोमा मात्रै कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरूले पुष्टि गरेका छन् ।

ठूलो बाढी बग्दा सहरका मुख्य सडक र रेलमार्गहरू बन्द भएका छन् । एक दर्जन सहरमा हवाइ उडान समेत रद्द गरिएको छ । झण्डै ९ करोड ४० लाख जनसंख्या रहेको ख्ननान प्रान्तमा बाढीले बढी असर गरेको छ ।

Advertisement

बाढीको प्रभाव अझ बढ्ने भन्दै त्यहाँको मौसम सम्बन्धी सरकारी निकायले कडा चेतावनी जारी गरेको छ । जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी