काठमाडौं– इंग्ल्याण्डमा जारी लकडाउन चार साताका लागि थप गरिएको छ। आगामी साताबाट लकडाउन खुकुलो हुने अपेक्षाविपरीत चार साताका लागि थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
लकडाउनको समयमा हिँडडुल गर्न तथा सार्वजनिक स्थलमा भेला लगायतमा रोक नलगाइए पनि केही प्रावधान भने तोकिएको छ।
लकडाउन अबधिमा खेलकुद, सिनेमा हल, ‘पब’मा क्षमताको सीमितता यथावत रहने बताइएको छ। विज्ञहरुले भने लकडाउन थपिनुलाई सकारात्मक रुपमा लिएका छन्।
विज्ञहरुका अनुसार लकडाउन थपिएको अबधिमा अझै धेरै ब्यक्ति कोरोना विरुद्धको खोप लगाउन पाउनेछन्। जसले गर्दा एकातर्फ स्वास्थ्य सावधानीको पालनाले संक्रमित सख्यामा कमी आउनेछन् भने अर्कोतर्फ खोप प्रभाबकारी रुपमा लगाइदा थप संक्रमण फैल्न नसक्ने विज्ञहरुको तर्क छ।