November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

2.9K

काठमाडाैं- नेपालसहित १६ एसियाली मुलुकलाई काेराेनाविरुद्धकाे खोप उपलब्ध गराउने अमेरिकाले घोषणा गरेको छ।

ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै काेभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन अर्थात झन्डै ७० लाख खाेप उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।

ह्वाइट हाउसका अनुसार भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पापुआ न्यू गिनी र ताइवानलगायत एसियाली मुलुकलाई खाेप उपलब्ध गराइने छ। 

Advertisement

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन्। यद्यपि, नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ।

‘अमेरिकाले खोप अनुदान दिने राष्ट्रहरुमध्ये नेपाल एक हो। थप विवरणहरू चाँडै आउँदैछन्! हामीसँगै हुनेछौं,’ नेपालका लागि अमेरिकी राजदूत रेन्डि विलियम बेरीले सामाजिक सञ्जालमा लेखेका छन्।

यता, नेपाललाई खाेप दिने घाेषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकालाई धन्यवाद दिएका छन्।

‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतीलाई पुष्टि गर्छ,’ उनले ट्वीट गर्दै भनेका छन्।