March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

भारतले बनायो कोरोनाको पहिलो औषधि, आज सार्वजनिक गरिँदै

2.6K

भारत–भारतले कोरोना भाइरविरुद्धको औषधि तयार गरेको दाबी गरेको छ। उक्त औषधिलाई सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आज २–डीजी नामको कोरोनाविरुद्धको औषधिलाई सार्वजनिक गर्ने बीबीसीले जनाएको छ। 
यो औषधि भारतमा कोभिड–१९ का बिरामीको लागि पहिलो भएको दाबी गरिएको छ। 

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन(डीआरडीओ) का अनुसार भारतको औषधि महानियन्त्रक(डीजीसीआई)ले आपतकालीन प्रयोगका लागि यो औषधिलाई अनुमति दिएको थियो।

Advertisement

रक्षामन्त्री राजनाथ सिंहले ट्वीटरमा बताएका छन्, यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज(इनमास)ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग मिलेर विकसित गरेको हो। 

२–डीजीले कोभिड–१९ का बिरामीको अक्सिजनमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने जनाइएको छ।

भारतमा दोस्रो लहरको कोरोनाका कारण सबैभन्दा ठूलो समस्या अक्सिजनको उपलब्धतालाई लिएर भइरहेको छ।