November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वका ४४ देशमा पुग्यो भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट

3.7K

काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा प्रभावित मुलुक बनेको छ।

भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।

बी.१.६१७ नाम दिइएको यो भेरियन्ट भारतमा सबैभन्दा पहिले गत अक्टुरबरमा फेला परेको थियो।

Advertisement

अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ।