November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाद्धारा ६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने घोषणा

3.5K

काठमाडौँ- अमेरिकाले ६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको हो ।

कयौँ मुलुकमा खोप नपाइरहँदा अमेरिकाले खोप थुपारेको भन्दै चर्को आलोचना भएपछि उसले ६ करोड डोज खोप केही महिनाभित्रै निर्यात गरिने जनाएको हो ।

Advertisement

विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएता पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएका थिए ।

प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने जनाएको बीबीसीले जनाएको छ ।