November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानले पत्ता लगायो पाँच मिनेटमै कोरोना परीक्षण गर्ने विधि

5.7K

काठमाडौं–जापानले पाँच मिनेटमा नै कोभिड १९ को संक्रमण भए नभएकोबारे थाहा पाउने प्रविधि पत्ता लगाएको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको जापानी अधिकारीले जनाएका छन्। 

यहाँका राष्ट्रिय सञ्चारमाध्यमले मंगलबार यो समाचार सार्वजनिक गरेका छन्। हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ। तर, पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ।

अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेटभित्रै उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ। 

Advertisement

यो प्रविधिले अब यहाँ कोरोनाको संक्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने विज्ञहरुले जनाएको  जापानी सञ्चारमाध्यममा उल्लेख छ।