May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेको निधन

370

वासिङटन- अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनका छोराले सोमबार नै विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए। त्यसैगरी पूर्वउपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए।

पूर्वउपराष्ट्रपति वाल्टरलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन भएको उनको परिवारले जनाएको छ। उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए। उनी १२ वर्षसम्म अमेरिकाको सिनेटर भएका थिए। अमेरिकाको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए।