November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा दुई लाख ७५ हजार संक्रमित थपिँदा १६ सयभन्दा बढीको मृत्यु

4K

काठमाडौं– भारतमा कोरोना भाइरसका संक्रमित उच्च संख्यामा बढ्न  थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ७५ हजार ३०६ जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २४ लाख ४ हजार ४५४ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ३१० जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांक अनुसार अमेरिकामा दैनिक संक्रमित तथा मृतकको संख्या घटिरहेको छ।

Advertisement

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३९ लाख ४३ हजार ७१ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित थपिँदा १५ सयभन्दा बढीको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा १६ सय २५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७८ हजार ७९३ पुगेको छ।