November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उपराष्ट्रपति कमला ह्यारिसलाई आयो ज्यान मार्ने धम्की

5.4K

ह्युस्टन –  शक्ति राष्ट्र अमेरिकाकी  उपराष्ट्रपति कमला ह्यारिसलाई ज्यान मार्ने धम्की आएको छ । अमेरिकाको फ्लोरिडामा ३९ वर्षीय नर्सलाई उपराष्ट्रपति  ह्यारिसलाई मार्ने धम्की दिएका कारण पक्राउ गरिएको छ।  सीएनएनको रिपोर्ट अनुसार,  निवियाने पेटिट फेल्प्सनामक महिलालाई अमेरिकी गुप्तचर सेवा द्वारा एक छानबिन पछि पक्राउ गरिएको थियो। 

कमला ह्यारिस पहिलो महिला हुन् जो  पहिलो अश्वेत अमेरिकी र पहिलो दक्षिण एशियाई अमेरिकी  उपराष्ट्रपतिको रुपमा  चुनिएकी छिन्। फ्लोरिडामा दायर गरिएको गुनासो अनुसार फेल्प्सले फेब्रुअरी महिनाको पाँच दिनको अन्तरालका बिच संयुक्त राज्यकी उपराष्ट्रपतिलाई मार्ने र शारीरिक चोट पुर्‍याउने धम्की दिएकी थिइन् । 

Advertisement