May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

भारतमा कोरोना रेमेडिसिभिर खोपलाई लिएर पोलिटिकल ड्रामा

460

एजेन्सी – भारतमा कोरोनाको स्थिति भयावह भएसंगै त्यहाँका अस्पतालहरूमा बेडसहित अक्सिजन र औषधि खोपहरूको समेत कमी हुँदै गएको छ । भारतमा हाल दैनिक २ लाखको हाराहारीमा कोरोना सङ्क्रमित थपिदैं आएका छन् । भारतमा एकापट्टि कोरोनाको सनसनी छाएको छ भने अर्कोपट्टि रेमेडिसिभिर खोपलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूबिच दरो  पोलिटिकल ड्रामा खडा भएको छ ।

 भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार त्यहाँको रेमेडिसिभिर खोप सप्लाई गर्न फर्मा ब्रुक फार्माका आधिकारिलाई एक मन्त्रीले बोलाएर विपक्षी पार्टीलाई रेमेडिसिभर आपूर्ति नगर्न धम्की दिएपछि पुलिसले उक्त नेतालाई पक्राउ गरेको छ । 

रेमेडेसिभिरको कालो बजारभारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि पुलिसले रेमेडेसिभिरको कालो बजारका बारे जानकारी प्राप्त गरेको थियो। जसपश्चात् ब्रेक फार्माका आधिकारीलाई पक्रिएको थियो । त्यसको लगत्तै पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्र सरकारले निकै गन्दा राजनीति गरेको आरोप लगाए । 

भारतीय प्रहरीले खोपमै  राजनीति गरेको भनक पाएपछि ४ करोड ७५ लाख  रेमेडेसिभिरलाई नै सिज गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । 

भारतको केन्द्र सरकारले पनि कम्पनीलाई धम्की दिदैं

यसअघि शनिवार, महाराष्ट्रका मन्त्री नवाब मलिकले केन्द्रीय सरकारले १६ कम्पनीलाई रेमेडेसिभिर इन्जेक्सन आपूर्ति गर्ने धम्की दिएको आरोप लगाएका थिए । उनका अनुसार केन्द्र सरकारले  ती कम्पनीले महाराष्ट्र सरकारलाई रेमेडिसिभिर आपूर्ति गरेमा उनीहरूको अनुमति पत्र रद्द हुने धम्की दिएको थियो।

हजारौँ जनता अलपत्रमा

भारतमा केन्द्र र प्रदेशबिच खोप आपूर्तिलाई लिएर राजनीति भइराख्दा उता जनताहरू भने खोप नपाएर छटपटिमा छन् । आइतबार मात्रै मध्य प्रदेशमा अक्सिजनको कमीका कारण १२ कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।