May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

६ महिना अन्तरिक्ष स्टेशनमा बिताएर फर्किए दुई रूसी र एक अमेरिकी अन्तरिक्ष यात्री

305

काठमाडाैं- दुई रूसी र एक अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा ६ महिना बिताएर उनीहरु शनिबार पृथ्वीमा फर्किएका हुन्।

सोयुज अन्तरिक्षयानमार्फत् उनीहरु स्थानिय समयअनुसार ४:५५ मा कजाकस्तानस्थित घासे  मैदान अवतरण गरेका थिए।

नासाका अनुसार नासाका केट रुबिन्स्, रूसी सेर्गेई रिजकोभ र सर्गेई कुद सेभच्र्कोभ पृथ्वीमा फर्किए हुन्।

‘तीनै जनाले अवतरण गरिसकेका छन्। उनीहरु स्वास्थ्य छन् र आफूलाई गुरुत्वाकर्षणमा ढाल्न थालेका छन्, ‘ रूसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसका प्रमुख दिमित्री रोगगिनले भने।

तीनै जना गत १४ अक्टुबरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए। अहिले साे स्थानमा सात जना बसिरहेका छन्।