November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा एकै दिन थपिए दुई लाख ६० हजार संक्रमित, १५ सयको मृत्यु

2.2K

काठमाडौं– भारतमा कोरोना भाइरसका संक्रमित उच्च संख्यामा बढ्न  थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ६० हजार ७७८ जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २३ लाख ७१ हजार ४६२ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ७१० जनाको मृत्यु भएको छ।

Advertisement

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३९ लाख १३४ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ६५ हजारभन्दा बढी संक्रमित थपिँदा २८ सयभन्दा बढीको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १४ सय ९५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७७ हजार १७८ पुगेको छ।