April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

म्यानमारमा थप सात प्रदर्शनकारीको मृत्यु

175

रंगुन- म्यानमारमा थप सात प्रदर्शनकारीको मृत्यु भएको छ। बुधबार प्रहरीले गोली चलाउँदा उत्तर-पश्चिमी सहर कालेमा पाँच र रंगुन नजिकैकाे बागो सहरमा दुई जनाकाे मृत्यु भएकाे हाे। घटना अन्य धेरै घाइते भएको बताइन्छ। 

प्रहरीका अनुसार म्यानमारको राजधानी रंगुनमा रहेको चिनियाँ स्वामित्वमाको जेओसी गारमेन्ट कारखानामा प्रदर्शनकारीहरुले आगो लगाएका थिए। यस्तै केही प्रजातन्त्र पक्षधर कार्यकर्ताले चिनियाँ झण्डा जलाएपछि प्रहरीसँग झडप भएकाे बताइएकाे छ।

उक्त स्थानमा हताहत भएकाे कुनै रिपाेर्ट नआएकाे समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ। 

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५८१ भन्दा बढीकाे मृत्यु भएको छ।

हालसम्म २७ सय ५० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको लिइएको छ। म्यानमारमा बिहान साढे ८ देखि बेलुका ९ बजेसम्म कर्फ्यू लगाइएकाे छ।