April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

इन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

3K

जाकार्ता- इन्डोनेसियामा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ।

सोमबार बिहान इनडोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे। यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ।

बाढीपहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ। त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन्।

Advertisement