November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काबुलमा बम विस्फोट हुँदा सैनिक हताहती

3.3K

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ।

सडक किनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ। 

यस विस्फोटमा कुनै समूहको संलग्नताबारे प्रष्ट भएको छैन। अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्।

Advertisement

यसपटक पनि सोही समूहले विस्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ।