April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ सयको मृत्यु

295

काठमाडौं – पछिल्लो २४ घण्टामा भारतमा ९२ हजार ९९८ जना संक्रमित थपिएका छन् । साथै ५ सयको निधन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकैदिनमा यतिधेरैको संख्यामा कोरोना संक्रमित हुने भारत, विश्वकै १ नम्बरमा आएको छ । उक्त अबधिमा अमेरिकामा ६६ हजार १५४ जना संक्रमित थपिएका छन् । अमेरिका सबैभन्दा बढी संक्रमित हुने देशमा दोस्रो बनेको छ ।

त्यस्तै तेस्रो संक्रमित हुने देशमा टर्की रहेको छ । टर्कीमा पछिल्लो २४ घण्टामा ४४ हजार ७५६ संक्रमित थपिएका छन् भने ४१ हजार २१८, पोल्याण्डमा २८ हजार ७३, इटालीमा २१ हजार २६१ र युक्रेनमा २० हजार ३४१ जना संक्रमित थपिएका छन् ।

विश्वको तथ्यांक हेर्दा पछिल्लो २४ घण्टामा बढी संक्रमित हुने देशहरु यी ७ देश रहेका छन् । पछिल्लो २४ घण्टामा विश्वभरी ५ लाख ३९ हजार नयाँ संक्रमित थपिएका छन् भने ८ हजार भन्दा बढी संक्रमितको निधन भएको छ । जसमा भारत सबैभन्दा बढी संक्रमित हुनेमा पहिलो बनेको छ ।

सबैभन्दा बढी संक्रमित हुने यी ३ देश
विश्वमै सबैभन्दा बढी कोरोना संक्रमति हुने देश अमेरिका कहलिएको छ । अमेरिकामा हालसम्म ३ करोड १३ लाख, ३१ हजार २५९ जना संक्रमित भएका छन् । जसमा ५ लाख ६७ हजार ७९९ जनाको निधन भइसकेको छ । साथै निको हुनेको संख्या २ करोड ३८ लाख २८ हजार २५३ जना निको भएका छन् ।

त्यस्तै ब्राजिलमा १ करोड २९ लाख१२ हजार ३७९ जना संक्रमित भएका छन् । त्यहाँ ३ लाख ३८ हजार ३६६ जनाको निधन भएको भने १ करोड १२ लाख ७६ हजार ६२८ जना निको भएका छन् ।

भारतमा अहिलेसम्म १ करोड १४ लाख ८४ हजार ७६ जना संक्रमित भएका छन् भने ती मध्ये १ करोड १६ लाख २७ हजार निको भएका छन् भने १ लाख ६४ हजार ६५५ जनाको निधन भएको छ ।