April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

भारतमा दैनिक नयाँ कोरोना संक्रमित लाखको हाराहारीमा

3K

काठमाडौं– भारतमा कोरोनाभाइरस संक्रमण दैनिक उच्च अंकमा बढ्न थालेको छ। दैनिक नयाँ संक्रमित लाखको हाराहारीमा पुग्न थालेसँगै स्थिसत नियन्त्रणबाहिर पुग्न लागेको भारतीय अधिकारीहरु बताउन थालेका छन्।

शुक्रबार ८९ हजार १९ जना संक्रमित थपिएको भरातमा शनिबार ९२ हजार ९९४ नयाँ संक्रमित थपिएका छन्। बिहीबार पनि ८१ हजार ३९८ जना नयाँ संक्रमित थपिएका थिए । यो संख्या ६ महिना यताकै सबैभन्दा बढी हो। 

संक्रमण दर गत वर्षको सेप्टेम्बरकै अवस्थामा पुगेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मको तयारीसमेत सुरु भएको छ। 
भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ ।

Advertisement

भारतमा कुल संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ। सक्रिय संक्रमितको संख्या पनि ६ लाख ८७ हजार ४३३ पुगिसकेको भारतीय अधिकारीले बताएका छन्। 

संक्रमणकै कारण मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ। शनिबार संक्रमणकै कारण ५१४ जनाको ज्यान गएको थियो। शुक्रबार ७१३ जनाको मृत्यु गएकोमा बिहीबार यो संख्या ४६८ थियो।