April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

अमेरिकी संसद् भवन अगाडि आक्रमण, एक प्रहरीसहित दुईको मृत्यु

365

काठमाडाैं- अमेरिकाको संसद् भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएकाे छ। घटनामा केही घाइते भएका छन्।

आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान गएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइएको छ। अहिले संसद् भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।आक्रमणपछिकाे प्रतिरक्षामा प्रहरी अधिकारीले पनि गोली चलाएका थिए। गोली लागेर कार चालकको ज्यान गएको खबरमा उल्लेख छ।

घाइतेहरुकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे छ। बुधबार मात्रै लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएकाे आकरमणमा एक बालकसहित ४ जनाको मृत्यु भएको थियाे। घटनामा अन्य दुई जना घाइते भएका थिए।

गोलीबारी दुई साताभित्रै भएको देशकै चाैथाे घटना हो। गतसाता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीनवटा मसाज पार्लरमा गोली हानेर ६ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो।